विश्वकपमा भोली बिहान नर्वे र सेनेगल भिड्दै

८ आषाढ़, २०८३, सोमवार
सारांश
  • अब समूह चरणको कठिन खेल सकिएकाले प्रशिक्षक पापे थियावले टोलीलाई पुनः फर्काउन र प्रतियोगितामा बाँकी सम्भावना जोगाउन नर्वेविरुद्ध राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् । सेनेगलले पछिल्ला १२ विश्वकप खेलमा लगातार गोल खाँदै आएको छ, जसले उनीहरूको कमजोर रक्षापंक्तिलाई देखाउँछ ।

काठमाडौँ: जारी फिफा विश्वकप अन्तर्गत भोली बिहान समुह आइ अन्तर्गत नर्वे र सेनेगल आमने सामने हुदै छन् । न्यूजर्सी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । 

 

बोस्टनमा भएको आफ्नो पहिलो खेलमा नर्वेको प्रदर्शन प्रभावशाली रह्यो । इर्लिङ हालान्डले विश्वकपमा पहिलो गोल गर्दै दुई गोल गरे भने लियो ओस्टिगार्डले पनि गोल थपे । अन्त्यतिर अयमेन हुसेनको आत्मघाती गोलले नर्वेको इराकलाई ४–१ ले पराजित गरेको थियो । 

 

नर्वेको यो जितसँगै उनीहरूको उत्कृष्ट लय पनि कायम छ। प्रशिक्षक स्टाले सोलबक्केनको टोलीले पछिल्ला ११ प्रतिस्पर्धात्मक खेल लगातार जितेको छ, जसमा ५० गोल गरेको र केवल ७ गोल मात्र खाएको छ। उनीहरूको पछिल्लो हार सन् २०२४ अक्टोबरमा युइएफए नेसन्स लिग अन्तर्गत अस्ट्रियासँग ५–१ को हार हो ।

 

यस खेलमा नर्वेले इतिहास पनि बनाउन सक्छ । उनीहरूले एकै विश्वकप संस्करणमा अहिलेसम्म एकभन्दा बढी खेल जित्न सकेका छैनन् । यो वर्ष उनीहरूको चौथो विश्वकप उपस्थिति हो । 

 

सेनेगल भने प्रतियोगिताको सुरुआतमै कठिन स्थितिमा पुगेको छ । पहिलो खेलमा उनीहरू फ्रान्ससँग ३-१ ले पराजित भए । किलियन एम्बाप्पे र उनको टोलीको दबाबबीच इब्राहिम म्बायेले अतिरिक्त समयको अन्त्यमा सान्त्वना गोल गरे, जसले सेनेगललाई केही आत्मविश्वास दिएको छ । १८ वर्ष १४३ दिनको उमेरमा म्बाये विश्वकप इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा अफ्रिकी खेलाडी बनेका छन् ।

 

अब समूह चरणको कठिन खेल सकिएकाले प्रशिक्षक पापे थियावले टोलीलाई पुनः फर्काउन र प्रतियोगितामा बाँकी सम्भावना जोगाउन नर्वेविरुद्ध राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् । सेनेगलले पछिल्ला १२ विश्वकप खेलमा लगातार गोल खाँदै आएको छ, जसले उनीहरूको कमजोर रक्षापंक्तिलाई देखाउँछ ।

 

नर्वेका स्टार हालान्डले पछिल्ला ११ खेलमा लगातार गोल गरेका छन् र पछिल्ला ५ खेलमा एकभन्दा बढी गोल गरेका छन्। सन् २०२३ यता उनले २० अन्तर्राष्ट्रिय खेलमध्ये १७ खेलमा गोल गरेका छन्। मिडफिल्डर मार्टिन ओडेगार्डको भूमिका पनि निर्णायक मानिएको छ। इराकविरुद्ध नर्वेका ८ पासले विपक्षी रक्षापंक्ति तोडेका थिए, जसमा ४ पास ओडेगार्डकै थिए। उनले ४२ मध्ये ४१ पास सफल बनाएका थिए।

 

दुई टोलीबीचको ऐतिहासिक तथ्य अनुसार नर्वे र सेनेगल विश्वकपमा पहिलो पटक आमनेसामने हुँदैछन्। अन्तिम पटक यी दुई टोली सन् २००६ मा मैत्रीपूर्ण खेलमा भेट भएका थिए, जहाँ सेनेगलले २-१ ले जितेको थियो।

 

विश्वकपमा अफ्रिकी टोलीविरुद्ध नर्वेले अहिलेसम्म केवल एक खेल खेलेको छ, जसमा सन् १९९८ मा मोरक्कोसँग २-२ को बराबरी खेलेको थियो।

 

सेनेगलले सुरुआती समयमा युरोपेली टोलीविरुद्ध राम्रो नतिजा निकाले पनि पछिल्ला तीन खेल लगातार हार्दै आएको छ, जसमा फ्रान्ससँगको हार पनि समावेश छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार