विश्वकपमा भोली बिहान फ्रान्स र इराक आमने सामने

८ आषाढ़, २०८३, सोमवार
सारांश
  • त्यस्तै रयान शेर्की पनि अन्तिम समयमा मैदानमा आएका थिए । उनले राम्रो अवसर पाए पनि पूर्ण प्रभाव देखाउन सकेका थिएनन् । तर क्लब स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी यस खेलमा सुरुवाती रोजाइमा पर्न सक्ने सम्भावना छ ।

काठमाडौँ: फ्रान्सले जारी फिफा विश्वकपको समुह आइ अन्तर्गतको खेलमा आज राति  इराकसँग खेल्दैछ ।  फिलाडेल्फिया स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ ।

 

यो खेल किलियन एम्बाप्पेका लागि ऐतिहासिक अवसर बन्न सक्ने देखिएको छ । एम्बाप्पे यदि यस खेलमा मैदान प्रवेश गरे भने फ्रान्सका लागि आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछन् । यसअघि नै उनले सेनेगलविरुद्धको खेलमा दुई गोल गर्दै फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका थिए । अब उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान नजिक पुगेका छन् ।

 

तर यो दौडमा लियोनल मेसी पनि अगाडि छन् । मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि मिरोस्लाभ क्लोजे बराबरी गर्दै विश्वकप सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । मेसीको खेल फ्रान्स–इराक खेलभन्दा अघि नै हुने भएकाले कीर्तिमान फेरि बदलिन सक्ने सम्भावना छ ।

 

यदि मेसीले अस्ट्रियाविरुद्ध गोल गर्न सकेनन् भने एमबापेलाई इराकविरुद्ध ह्याट्रिक गर्दै एकल रूपमा शीर्ष स्थानमा पुग्ने मौका मिल्न सक्छ ।

 

फ्रान्सले सेनेगलविरुद्ध सुरुवातमा केही संघर्ष गरेको थियो । पहिलो हाफमा उनीहरू पछि पर्न सक्ने अवस्था पनि बनेको थियो । तर प्रशिक्षक डिडिए डेसचाम्पले दोस्रो हाफमा रणनीति परिवर्तन गरेपछि टोलीले राम्रो प्रदर्शन गर्‍यो । सबैभन्दा उल्लेखनीय परिवर्तन उस्मान डेम्बेले र माइकल ओलिसेको भूमिका अदलबदल थियो । डेम्बेलेलाई आक्रमणको केन्द्रमा राखिएको थियो भने ओलिसे दायाँतर्फ थिए ।

 

पछि स्थान परिवर्तन भएपछि फ्रान्सको आक्रमण अझ प्रभावकारी बन्यो । ओलिसेले एमबापेलाई दिएको पासमा फ्रान्सले अग्रता लिएको थियो । ओलिसेले फ्रान्सका लागि छोटो समयमा नै उल्लेखनीय योगदान दिइरहेका छन् । यदि इराकविरुद्ध पनि उनले गोल वा पासमा योगदान दिए भने लगातार तीन खेलमा योगदान गर्ने उनको पहिलो अवसर हुनेछ ।

 

फ्रान्सले यो खेल जितेमा लगातार चौथो विश्वकप संस्करणमा पहिलो दुई खेल जित्ने उपलब्धि दोहोर्‍याउनेछ ।

 

डेसचाम्पले आक्रमण पंक्तिमा फेरबदल गर्न सक्ने सम्भावना पनि छ । सेनेगलविरुद्ध उनले ढिलो मात्र परिवर्तन गरेका थिए । त्यस खेलमा ब्राडली बारकोलाले मैदान प्रवेश गरेपछि केही मिनेटमै गोल गरेका थिए ।

 

त्यस्तै रयान शेर्की पनि अन्तिम समयमा मैदानमा आएका थिए । उनले राम्रो अवसर पाए पनि पूर्ण प्रभाव देखाउन सकेका थिएनन् । तर क्लब स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी यस खेलमा सुरुवाती रोजाइमा पर्न सक्ने सम्भावना छ ।

 

इराकका लागि भने यो खेल निकै कठिन हुने अनुमान छ । नर्वेविरुद्धको पहिलो खेलमा उनीहरूले सुरुवातमा राम्रो संघर्ष गरे पनि पछि ४-१ को हार बेहोरेका थिए । फरक स्तरको टोलीसँग खेल्दा उनीहरू कमजोर देखिएका थिए ।

 

इराकले विश्वकप इतिहासमा अहिलेसम्म सबै खेल हारेका छन् र लगातार पाँच खेल हार्ने पहिलो एसियाली राष्ट्र बन्ने जोखिममा छन् । आयमेन हुसेन इराकका मुख्य आशा हुन् । छनोट चरणमा उनले धेरै गोल गरेका थिए र नर्वेविरुद्ध पनि टोलीका लागि एक मात्र गोल गरेका थिए । फ्रान्स र इराक पहिलो पटक आमनेसामने हुन लागेका हुन् । युरोपेली टोलीविरुद्ध पछिल्ला खेलमा इराकले केही सुधार देखाए पनि फ्रान्सजस्तो बलियो टोलीविरुद्ध चुनौती निकै कठिन रहनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार