- फ्रान्सले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको छ ।
काठमाण्डौ, २६ जेठ । फ्रान्सले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसले ह्याट्रिक गरेका थिए । उनले खेलको ४३औं, ४९औं र ७५औं मिनेटमा गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि प्याट्रिक केलीले एक गोल फर्काएका थिए ।
विश्वकपमा समुह आई मा रहेको फ्रान्सले आफ्नो पहिलो खेल अब जुन १७ मा सेनेगलविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै फ्रान्सले जुन २३ मा इराकसँग र जुन २७ मा नर्वेसँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।