- टर्कीले सार्वजनिक गरेको टोलीमा प्रारम्भिक सूचीबाट नौ खेलाडी बाहिरिएका छन् भने अन्तिम २६ सदस्यीय टोलीलाई अन्तिम रूप दिइएको छ ।
काठमाण्डौ, २० जेठ । टर्कीले फिफा विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ । टर्कीले सार्वजनिक गरेको टोलीमा प्रारम्भिक सूचीबाट नौ खेलाडी बाहिरिएका छन् भने अन्तिम २६ सदस्यीय टोलीलाई अन्तिम रूप दिइएको छ ।
टर्कीले गोलरक्षक अल्ताय बायिन्दिर, मेर्त गुनोक र उगुरजान चाकिरलाई समेटेको छ भने कप्तान हाकान चाल्हानोग्लु, अर्दा गुलर, केनान यिल्दिज र केरेम अक्टुर्कोग्लुजस्ता प्रमुख खेलाडीहरू पनि अन्तिम टोलीमा परेका छन् ।
टर्कीको विश्वकप खेल्ने टिम:
गोलकिपर: उगुरजान चाकिर, अल्ताय बायिन्दिर र मेर्त गुनोक ।
डिफेन्डर: फेर्दी कादिओग्लु, मेरिह देमिराल, जेकी चेलिक, ओजान काबाक, मेर्त मुल्दुर, अब्दुल्केरिम बार्दाक्ची, एरेन एलमाली, चागलार सोयुन्चु र सामेत अकायदिन ।
मिडफिल्डर: अर्दा गुलर, कान उजुन, ओरकुन कोक्चु, हाकान चाल्हानोग्लु, इस्माइल युक्सेक, कान आयहान र सालिह ओजकान ।
फरवार्ड : केनान यिल्दिज, बारिस अल्पेर यिलमाज, केरेम अक्टुर्कोग्लु, युनुस आकगुन, ओगुज आयदिन, देनिज गुल र इर्फान कान काहवेची ।
विश्वकपको समूह चरण डी मा रहेको टर्कीले आफ्नो पहिलो खेल जुन १३ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । त्यसपछि जुन १९ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल जुन २५ मा अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’