- यस सिजनको लंका प्रिमियर लिग जुलाई १७ देखि ८ अगस्त सम्म हुन लागेको छ । लंका प्रिमियर लिगमा जाफ्ना किंग्स, कोलम्बो क्याप्स, दाम्बुला सिक्सर्स, गल्ले जाइन्टस र क्यान्डी रोयल्स गरी पाँच टिम रहेका छन् ।
काठमाण्डौ, १९ जेठ । नेपालका तीन क्रिकेट खेलाडी श्रीलंकाको लंका प्रिमियर लिगमा खेल्ने भएका छन् ।
सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा लिएका हुन् । सन्दीपलाई २० हजार अमेरिकी डलर तथा दीपोन्द्र र कुशललाई १५ -१५ हजार अमेरिकी डलरमा टिमले लिएका हुन् ।
यस सिजनको लंका प्रिमियर लिग जुलाई १७ देखि ८ अगस्त सम्म हुन लागेको छ । लंका प्रिमियर लिगमा जाफ्ना किंग्स, कोलम्बो क्याप्स, दाम्बुला सिक्सर्स, गल्ले जाइन्टस र क्यान्डी रोयल्स गरी पाँच टिम रहेका छन् ।
यसअघि सम्पन्न पाँच सिजनमा जाफ्ना किंग्सले चार उपाधि जितेको छ भने एक सिजन क्यान्डी रोयल्सले जितेको छ । २०२० देखि शुरु भएको लंका प्रिमियर लिग गत बर्ष भने भएको थिएन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।