चेन्नई पराजित भएसँगै सनराइजर्स र गुजरात आइपिएलको प्लेअफमा

२०८३ जेठ ०५ मङ्गलवार
सारांश
  • सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

काठमाण्डौ, ०५ जेठ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ५ विकेटले पराजित गरेको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछाएको सनराइजर्सले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 

सनराइजर्सको जितमा इशान किशनले ७० रन बनाएका थिए भने हेइनरिच क्लासेनले ४७ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले डेवाल्ड ब्रेभिसको ४४, कार्तिक शर्माको ३२, संजु सामसनको २७ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

 

सनराइजर्सको यो जितले प्लेअफमा तीन टिमको टुंगो लागेको छ । जसमा रोयल च्यालेन्जर्स बैंगलुरु यसअघि नै प्लेअफमा पुगेको थियो भने गुजरात टाइटन्स र सनराइजर्स प्लेअफमा पुगेका हुन् ।

 

यो हारले चेन्नईको प्लेअफको यात्रा मुश्किल देखिएको छ । चेन्नईको १३ खेलमा १२ अंक रहेको छ र अब अन्तिम खेल विहिबार गुजरात टाइटन्ससँग खेल्ने तालिका छ ।

 

जारी आइपिएलमा आज भने राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार