आइपिएलमा पञ्जावको लगातार पाँचौं हार, मुम्बई ६ विकेटले विजयी
२०८३ जेठ ०१ शुक्रवार
- मुम्बई इण्डियन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ०१ जेठ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो ।
पञ्जावले दिएको २०१ रनको लक्ष्य पछाएको मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
मुम्बईको जितमा तिलक बर्माले सर्बाधिक ७५ रन बनाए भने रयान रिकेलटनले ४८ रन बनाएका थिए । त्यस्तै रोहित शर्मा र विल ज्याकले २५-२५ रन बनाए भने शेरफान रुथरफोर्डले २० रन बनाएका थिए ।
त्यसैगरी पञ्जावका बलर अज्मतुल्लाह ओमरजाईले २ विकेट लिए भने मार्को जानसेन र युजवेंद्र चहलले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले सर्बाधिक ५७ रन बनाए भने ओज्मतुलाह ओमारजाईले ३८. प्रियांस आर्याले २२ र कूपर क्नोलीले २१ रन बनाएका थिए ।
यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ८ अंक हासिल गरेको मुम्बई हाल नवौं स्थानमा छ । त्यस्तै पञ्जावको भने यस सिजनमा लगातार यो पाँचौं हार हो । १२ खेलमा १३ अंकसहित पञ्जा चौथो स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।