- इन्टर मायामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ ।
काठमाण्डौ, ३१ वैशाख । इन्टर मायामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ ।
विहिबार बिहान सम्पन्न खेलमा इन्टर मायामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । इन्टर मायामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । ३-२ गोलले पछि परेको अवस्थामा इन्टर मायामीले खेलमा कमब्याक गर्दै जित निकालेको थियो ।
इन्टर मायामीका लागि मेसीको ह्याट्रिकका अलावा माटेओ सिलभेट्टी र जर्मन बेर्टेरामेले एक एक गोल गरेका थिए । सिन्सिनाटीका लागि केभिन डेनकी, पाभेल बुचा र एभान्डरले एक एक गोल गरेका थिए ।
यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मायामीको १३ खेलमा २५ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै सिन्सिनाटीको भने १३ खेलमा १६ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।