- नेपालका लागि गुलशन झाले अविजित ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३२ र करण केसीले १८ रन बनाएका थिए ।
कठमाडौं: स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल २ रनले पराजित भएको हो ।
डिएलएस मेथड अनुसार नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएकोमा ३० ओभरमा ७ विकेट गुमाउदै २१८ रन बनाएको थियो ।
नेपालका लागि गुलशन झाले अविजित ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३२ र करण केसीले १८ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ७५ रन बनाएका थिए भने फिनले म्याकक्रीथले ३५, माइकल इङलिशले ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने करण केसी र नन्दन यादवले २- २ विकेट लिएका थिए ।
यो जितपछि स्कटल्याण्डको लिग- २ मा २९ खेलमा ३६ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने लिग- २ मा यो १५औं हार हो । नेपालले २५ खेलमा ८ जितसहित १८ अंक हासिल गरेको छ र हाल सातौं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पश्चिमी तथा मध्य तराईमा आजपनि अत्यधिक गर्मी, बाँकेको बैजापुरमा ४०.१ डिग्री तापक्रम
-
केप भर्डेको विश्वकपमा ऐतिहासिक यात्रा, अब अर्जेन्टिनाविरुद्ध नयाँ परीक्षा
-
कति स्थानीय तहले ल्याए बजेट ?
-
नर्वेविरुद्ध डेम्बेलेको ह्याट्रिक, सेनेगलको नकआउटको सम्भावना बलियो
-
भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९२० पुग्यो
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।