- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ११ वैशाख । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई १०३ रनले पराजित गरेको हो ।
चेन्नईले दिएको २०८ रनको लक्ष्य पछाएको मुम्बईले १९ ओभरमा अल आउट हुदै केवल १०४ रन बनाएको थियो ।मुम्बईका लागि तिलक बर्माले ३७ र सुर्यकुमार यादवले ३५ रन बनाए भा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यसैगरी चेन्नईका बलर अकिल हुसैनले सर्बाधिक ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले सन्जु सामसनको १०१ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो ।
यो जितपछि चेन्नईको ७ खेलमा ६ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बई इण्डियन्सको भने ७ खेलमा यो पाँचौं हार हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशीलाई मदन पुरस्कार
-
महामन्त्री शरदराज पाठकले छोडे राप्रपा
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।