- राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
काठमाण्डौ, १० वैशाख । राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ४० रनले पराजित गरेको हो ।
राजस्थानले दिएको १६० रनको लक्ष्य पछाएको लखनउले १८ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो ।लखनउका लागि मिचेल मार्शले सर्बाधिक ५५ रन बनाए भने निकोलस पुरनले २२ तथा हिम्मत सिंहले १५ रन बनाएका थिए ।
त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने नान्द्रे बर्गर र बृजेश शर्माले २-२ तथा रविन्द्र जडेजा र रवि विश्नोईले २-२ विकेट लिए ।
यसअघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो । राजस्थानका लागि रविन्द्र जडेजाले ४३ तथा यशस्वी जैसवाल र शिमरन हेटमायरले २२-२२ रन बनाएका थिए ।
यो जितपछि राजस्थानको ७ खेलमा १० अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने ७ खेलमा ४ अंक रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।