यमलको गोलमा बार्सिलोना विजयी

२०८३ वैशाख १० विहिवार
सारांश
  • बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरेको छ ।

काठमाण्डौ, १० वैशाख । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

 

बार्सिलोनाको जितमा खेलको ४०औं मिनेटमा लामिन यमलले पेनाल्टी मार्फत गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

 

यो जितपछि बार्सिलोनाको ला लिगामा ३२ खेलमा ८२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भण्ड ९ स्पष्ट अंकले अगाडी रहेको छ ।

 

त्यस्तै, सेल्टा भिगोको ३२ खेलमा ४४ अंक रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार