- आइपिएलमा आज पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।
काठमाण्डौ, ०५ वैशाख । जारी आइपिएलमा आज दुई खेल हुँदैछन् ।
आइपिएलमा आज पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपालि समय अनुसार यो खेल दिउसो ३: ४५ बजेदेखि शुरु हुँदैछ ।
जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गरेको छ र दोस्रो स्थानमा छ । त्यस्तै दिल्ली क्यापिटल्सले ४ खेलमा २ जित र हार बेहोरेको छ भने हाल पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै, आज दोस्रो खेल सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुँदैछ ।
जारी आइपिएलमा सनराइजर्सले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै चेन्नईको पनि ५ खेलमा २ जित र ३ हार बेहोरेर ४ अंकसहित आठौ स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।