- पञ्जाव किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ०४ वैशाख । पञ्जाव किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १९६ रनको लक्ष्य पछाएको पञ्जावले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले अविजित ८० रन बनाएका थिए भने कप्तान श्रेयस अय्यरले ६६ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले क्वेंटन डिककको ११२ रनको शतकीय पारी र नमन धीरको ५० रन मद्धतले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो ।
यो जितपछि पञ्जाव ५ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै मुम्बईले भने ५ खेलमा चौथो हार बेहोरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’