- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।
काठमाण्डौ, २९ चैत्र । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।
चेन्नईले दिएको २१३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । दिल्लीका लागि ट्रीटन स्टब्सले सर्बाधिक ६० रन बनाएका थिए भने पाथुम निसान्काले ४१ रन बनाएका थिए ।
त्यस्तै चेन्नईका बलर जामी ओभरटनले ४ विकेट लिए भने अन्शुल कामबोजले ३ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो । चेन्नईका लागि सन्जु सामसनले अविजित ११५ को शतकीय पारी खेलेका थिए भने आयुश महात्रेले ५९ रन बनाएका थिए । यो चौथो खेलमा चेन्नईको पहिलो जित हो । त्यस्तै दिल्लीको भने चौथो खेलमा दोस्रो हार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।