- गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।
काठमाण्डौ, २६ चैत्र । गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।
गुजरातले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०९ रन बनाएको थियो ।दिल्लीका लागि केएल राहुलले ९२ रन बनाएका थिए भने डेभिड मिलर र पाथुम निसान्काले ४१-४१ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर राशिद खानले ३ विकेट लिए भने प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २१० रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले सर्बाधिक ७० रन बनाए भने वाशिंटन सुन्दरले ५५ र जोस बटलरले ५२ रन बनाएका थिए ।
यस अघि लगातार दुई खेलमा हार बेहोरेको गुजरातको यो पहिलो जित हो । त्यस्तै दिल्लीको तेस्रो खेलमा यो पहिलो हार हो ।
आइपिएल अन्तर्गत आज कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’