- चार पटकको विश्व विजेता इटाली राष्ट्रिय फुटबल टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ ।
काठमाण्डौ, १८ चैत्र । चार पटकको विश्व विजेता इटाली राष्ट्रिय फुटबल टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । बोस्निया-हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटाली विश्कपमा छनौट हुन असफल भएको हो ।
यसअघि सन् २०१८ को रुस र २०२२ को कतार विश्वकपमा पनि इटाली पुग्न सकेको थिएन । यससँगै कुनै पनि पूर्व विश्व विजेताले लगातार तीन संस्करण गुमाएको यो पहिलो पटक हो ।
उता बोस्निया-हर्जेगोभिना राष्ट्रिय फुटबल टोलीले इतिहासमा दोस्रो पटक विश्वकपमा स्थान बनाएको छ । टोलीका ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा बोस्नियाले विश्वकपको समूह ‘बी’ मा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग खेल्नेछ ।
पराजयपछि भावुक बनेका प्रशिक्षक गात्तुसोले टोलीका लागि यो ठूलो धक्का भएको बताएका छन् । उनले आफ्नो भविष्यभन्दा टोलीको असफलता बढी पीडादायी भएको प्रतिक्रिया दिए ।
इटाली फुटबल संघका अध्यक्ष गाब्रिएले ग्राभिनाले भने इटाली फुटबल गम्भीर संकटमा पुगेको स्वीकार गरेका छन् । सन् २००६ मा चौथो पटक विश्वकप जितेपछि इटालीको प्रदर्शन निरन्तर खस्कँदै आएको छ । पछिल्ला वर्षहरूमा युवा खेलाडी उत्पादन कमजोर हुनु र घरेलु लिगमा विदेशी खेलाडीको प्रभाव बढ्नु यसको मुख्य कारण मानिएको छ ।
यसपटकको असफलतासँगै इटाली फेरि विश्व फुटबलको ठूलो मञ्चबाट बाहिरिएको छ, जसले समर्थकहरूमा गहिरो निराशा पैदा गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।