- शनिबारदेखि शुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा उद्घाटन समारोह नहुने भएको छ ।
काठमाण्डौ, १३ चैत्र । शनिबारदेखि शुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा उद्घाटन समारोह नहुने भएको छ । भारतीय क्रिकेट बोर्डका सचिव देवजीत सैकियाले यसको पुष्टि गरेका छन् ।
उनका अनुसार यस पटक पहिलो दिन कुनै पनि सांस्कृतिक कार्यक्रम वा औपचारिक उद्घाटन समारोह आयोजना गरिने छैन । पहिलो खेल शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ ।
सैकियाले गत वर्ष ४ जुनमा भएको दुःखद घटनाका कारण यस पटक उद्घाटन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
गत वर्ष ४ जुन २०२५ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक उपाधि जितेपछि बेंगलुरुमा विजय उत्सव निकालिएको थियो । सो क्रममा रंगशालाबाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो ।
यस पटक भने प्रतियोगिताको समापनमा भव्य समापन समारोह गर्ने तयारी भइरहेको छ । फाइनल खेल ३१ मे मा हुने बताइएको छ ।
अघिल्लो सिजनको उद्घाटन समारोह कोलकाताको इडेन गार्डेन्समा भएको थियो । त्यहाँ अभिनेता शाहरुख खानले कार्यक्रम सञ्चालन गरेका थिए भने दिशा पाटनी, श्रेया घोषाल र करण औजला लगायतले प्रस्तुति दिएका थिए । विराट कोहली र रिंकु सिंहले समेत मञ्चमा नृत्य गरेका थिए ।
यस पटक बेंगलुरुको चिन्नास्वामी रंगशालामा ११ जनाको सम्झनामा विशेष व्यवस्था गरिएको छ । क्लब र कर्नाटक क्रिकेट संघले ११ वटा सिट सधैं खाली राख्ने निर्णय गरेका छन् । ती दर्शक सिट अन्तर्राष्ट्रिय खेलमा पनि बिक्री गरिने छैन । साथै, स्मारक पट्टिका पनि रंगशालाको प्रवेशद्वार नजिकै राखिनेछ । खेलअघि मृतकहरूको नाम प्रदर्शन गरिनेछ र एक मिनेट मौन श्रद्धाञ्जली पनि दिइनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।