ग्रीजम्यानको अमेरिकी क्लब ओर्लान्डो सिटीमा दुई बर्षको सम्झौता

२०८२ चैत्र ११ बुधवार
सारांश
  • फ्रान्सका चर्चित फुटबल खेलाडी एन्टोनी ग्रीजम्यानले अमेरिकी क्लब ओर्लान्डो सिटीमा दुई बर्षको सम्झौता गरेका छन् ।

काठमाण्डौ, ११ चैत्र । फ्रान्सका चर्चित फुटबल खेलाडी एन्टोनी ग्रीजम्यानले अमेरिकी क्लब ओर्लान्डो सिटीमा दुई बर्षको सम्झौता गरेका छन् ।

 

ग्रीजम्यान एट्लेटिको म्याड्रिड छोडेर जुलाईदेखि ओर्लान्डो सिटीमा आवद्ध हुने भएका छन् । उनले ओर्लान्डो सिटीमा दुई वर्षको सम्झौता गरेका छन् र थप एक वर्ष नविकरणको विकल्प पनि रहको बताइएको छ ।

 

३५ बर्षिय ग्रीजम्यान यस सिजनको अन्त्यसम्म एट्लेटिकोमै रहनेछन् । यस अवधिमा टोलीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध खेल्नेछ भने कोपा डेल रे फाइनलमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्नेछ ।

 

सन् २०१८ मा विश्वकप जितेको फ्रान्स टोलीका सदस्य रहेका ग्रीजम्यानले सन् २०२४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । उनी एट्लेटिको म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन्, जहाँ उनले हालसम्म २१० गोल गरेका छन् ।

 

एट्लेटिकोसँगको सम्झौता सन् २०२७ सम्म रहेको भए पनि उनले अमेरिकी लिग खेल्ने निर्णय गरेका छन् ।

२०१४ देखि एट्लेटिकोमा खेलिरहेका ग्रीजम्यान बीचमा दुई बर्ष बार्सिलोनामा गएपनि बार्सिलोनामा सुखद क्यारियर नभएपछि उनी पुन: एट्लेटिकोमा फर्किएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार