- इन्डियन प्रिमियर लिग (आइपिएल) को १९औं संस्करण शनिवारदेखि सुरु हुँदैछ ।
काठमाण्डौ, १० चैत्र । इन्डियन प्रिमियर लिग (आइपिएल) को १९औं संस्करण शनिवारदेखि सुरु हुँदैछ । २००८ मा सुरु भएको यो प्रतियोगिता टी-२० क्रिकेटको विश्वकै ठुलो फ्रेन्चाइजी प्रतियोगिताको रुपमा स्थापित भएको छ ।
आइपिएलको डिफेन्डिङ च्याम्पियन भने रोयल च्यालेन्जर्स बैंगलुरु । बैंगलुरुले गत बर्ष पहिलो पटक आइपिएलको उपाधि जितेको थियो ।
आइपिएलको उपाधि अहिलेसम्म चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५-५ पटक जितेका छन् । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो भने मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो ।
त्यस्तै, कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।
त्यस्तै गुजरात टाइटन्सले २०२२ मा, राजस्थान रोयल्सले २००८ मा, सनराईजर्स हैदरावादले २०१६ मा र डेकन चार्जरले २००९ मा गरी एक एक पटक आइपिएलको उपाधि जितेका छन् भने रोयल च्यालेन्जर्स बैंगलुरुले गत बर्ष उपाधि जितेको थियो ।
त्यस्तै नियमित आइपिएल खेलिरहेका दिल्ली क्यापिटल्स, पञ्जाव किंग्सले अहिलेसम्म आइपिएल जित्न सकेका छैनन् । त्यस्तै २ सिजन खेलेको लखनउ सुपर जाइन्ट, एक सिजन खेलको राइजिंग पुने सुपर जाइन्ट, गुजरात जाइन्टले पनि आइपिएल उपाधि जित्न असफल भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।