बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२०८२ चैत्र ०५ विहीवार
सारांश
  • बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

काठमाण्डौ, ०५ चैत्र । बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडलाई ७-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले समग्रमा ८-३ को नजितासहित क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोना पहिलो लिगमा न्यूक्यासलसँग १-१ गोलको बराबरी खेलेको थियो ।

 

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले एक एक गोल गरेका थिए भने लामिन यमल, मार्क बेर्नाल र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।

 

त्यस्तै गएराती सम्पन्न अर्को खेलमा एटलेटिको म्याड्रिड टोटनह्यामसँग ३-२ ले पराजित भएपनि समग्रमा ७-५ गोल अन्तरको नतिजासहित क्वाटरफाइनलमा पुगेको छ । अब क्वाटरफाइनलमा बार्सिलोना र एटलेटिको म्याड्रिड खेल्ने भएका छन् ।    

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार