रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२०८२ चैत्र ०४ बुधवार
सारांश
  • रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

काठमाण्डौ, ०४ चैत्र । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ५-१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । 

 

यस अघि राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

 

यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले दुवै गोल गरेका थिए भने म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।

 

त्यसैगरी यस खेलमा खेलको २०औं मिनेटमा नै ब्रेनार्डो सिल्भाले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

 

अब क्वाटरफाइनलमा रियल म्याड्रिड एटलान्टा र बायर्नम्युनिखवीचको विजेतासँग खेल्ने छ ।

 

त्यस्तै, पोचुगीच क्लब स्पोर्टिंग पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती बोडोलाई ५-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ को नतिजासहित स्पोर्टिंग क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा स्पोर्टिंग आर्सनलसँग खेल्ने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार