- विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप फुटबलको तेइसौँ संस्करण सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने तयारी भइरहेको छ ।
काठमाण्डौ, ०३ चैत्र । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप फुटबलको तेइसौँ संस्करण सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने तयारी भइरहेको छ । इतिहासमै पहिलो पटक तीन देशले संयुक्त रूपमा यो प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
विश्वकप फुटबलको सुरुआत सन् १९३० मा उरुग्वेबाट भएको थियो । पहिलो प्रतियोगितामा आयोजक उरुग्वेले नै उपाधि जित्दै इतिहास रचेको थियो। त्यस यता हालसम्म २२ संस्करण सम्पन्न भइसकेका छन् र १८ देशले प्रतियोगिता आयोजना गर्ने अवसर पाएका छन् । तीमध्ये पाँच देशले एकभन्दा बढी पटक प्रतियोगिता आयोजना गरेका छन् ।
दक्षिण अमेरिकाबाट उरुग्वे, ब्राजिल, चिली र अर्जेन्टिनाले विश्वकप आयोजना गरिसकेका छन्। युरोप महादेशमा भने सबैभन्दा धेरै प्रतियोगिता भएका छन् । इटाली, फ्रान्स, स्विट्जरल्याण्ड, स्विडेन, इंग्ल्याण्ड, जर्मनी, स्पेन र रसियाले विभिन्न समयमा विश्वकप आयोजना गरेका छन् । पछिल्लो पटक सन् २०१८ मा रसियामा विश्वकप सम्पन्न भएको थियो ।
अफ्रिका महादेशबाट हालसम्म दक्षिण अफ्रिकाले मात्र विश्वकप आयोजना गरेको छ । सन् २०१० को प्रतियोगिता उत्साहपूर्ण वातावरणका कारण धेरै समर्थकका लागि स्मरणीय बनेको थियो । एशियाबाट जापान, दक्षिण कोरिया र कतारले विश्वकप आयोजना गरिसकेका छन् । त्यस्तै २०३० मा मोरक्को पोर्चुगल र स्पेनले आयोजना गर्दैछन् भने सन् २०३४ को विश्वकप साउदी अरबमा आयोजना हुने तय भइसकेको छ ।
विश्वकप इतिहासमा केही देशले एकभन्दा बढी पटक प्रतियोगिता आयोजना गरेका छन् । मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । सन् २०२६ मा पुनः आयोजना गर्दा मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने पहिलो देश बन्नेछ ।
यस्तै इटालीले सन् १९३४ र १९९०, फ्रान्सले सन् १९३८ र १९९८ तथा जर्मनीले सन् १९७४ र २००६ मा प्रतियोगिता आयोजना गरेका छन् । दक्षिण अमेरिकाबाट ब्राजिलले सन् १९५० र २०१४ मा विश्वकप आयोजना गरेको थियो ।
इतिहास हेर्दा घरेलु मैदानको फाइदा पनि देखिन्छ। अहिलेसम्मका २२ संस्करणमध्ये ६ पटक आयोजक देशले नै उपाधि जितेका छन् । उरुग्वेले १९३० मा, इटालीले १९३४ मा, इंग्ल्याण्डले १९६६ मा, पश्चिम जर्मनीले १९७४ मा, अर्जेन्टिनाले १९७८ मा र फ्रान्सले १९९८ मा आफ्नै देशमा उपाधि जितेका थिए ।
विश्वकप आयोजना गर्न चाहने देशले खेलमैदान, यातायात, बसोबास, सुरक्षा र आर्थिक व्यवस्थासम्बन्धी मापदण्ड पूरा गर्नुपर्छ । विस्तृत प्रस्ताव पेस भएपछि सदस्य देशका प्रतिनिधिले मतदान गरेर आयोजक देश चयन गर्ने व्यवस्था छ ।
प्रतियोगितामा टोलीको संख्या बढ्दै गएकाले अब एकभन्दा बढी देशले संयुक्त रूपमा आयोजना गर्ने चलन पनि बढ्दै गएको छ । सन् २०२६ को विश्वकप त्यसको पहिलो ठूलो उदाहरण बन्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’