टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुदैछन् ।

काठमाडौँ । जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुदैछन् ।

 

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुने यस खेलमा न्यूजील्याण्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

यस खेलमा भारतका सन्जु सामसन (विकेटकिपर), अभिषेक शर्मा, इशान किशन, सूर्यकुमार यादव (कप्तान), शिवम दुबे, तिलक वर्मा, हार्दिक पाण्ड्या, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अर्शदीप सिंह खेल्दैछन् ।

 

त्यस्तै न्यूजील्याण्डबाट टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, जेम्स नीशम, मिचेल स्यान्टनर (कप्तान), ज्याकब डफी, म्याट हेनरी र लकी फर्गुसन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार