- यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा रियल म्याड्रिडका फ्रान्को मस्टानटुओनो र गेटाफेका आड्रीयान लिसोले रातो कार्ड पाएका थिए ।
काठमाण्डौ, १९ फाल्गुण । रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध भएको छ । गएराती सम्पन्न ला लिगा अन्तर्गतको घरेलु मैदानमै सम्पन्न खेलमा गेटाफेले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
गेटाफेको जितमा खेलको ३९औं मिनेटमा मार्टिन साट्रीयानोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा रियल म्याड्रिडका फ्रान्को मस्टानटुओनो र गेटाफेका आड्रीयान लिसोले रातो कार्ड पाएका थिए ।
यो हारपछि रियल म्याड्रिडको २६ खेलमा ६० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको यो जितपछि २६ खेलमा ३२ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।