साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु
१२ फाल्गुन, २०८२, मगलवार
- पछिल्लो २४ घण्टामा उपचारका लागि उल्लेखनीय साथ, विश्वास र सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी माध्यममार्फत करिब ४५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएकी हुन् ।
काठमाडौँ: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब आर्थिक सहयोग रोक्न आग्रह गरेकी छन् ।
पछिल्लो २४ घण्टामा उपचारका लागि उल्लेखनीय साथ, विश्वास र सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी माध्यममार्फत करिब ४५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएकी हुन् ।
साम्बाले भनेकी छन्- 'आज 'धन्यवाद' शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।'
साम्बाले विभिन्न संघ-संस्था र व्यक्तित्वले नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता जनाएकाले उपचार, आवास र यातायात खर्च पुग्ने देखिएको उनले बताइन् । कतारमा उपचारको तयारी भइरहेका बेला आफू आबद्ध क्लब वेलिङ्टन फिनिक्सले पनि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उनले उल्लेख गरेकी छन् । चाँडै शल्यक्रियाको मिति तय हुने विश्वास व्यक्त गर्दै उनले पूर्ण मेहनतसाथ पुनर्स्थापनामा लाग्ने प्रतिबद्धता जनाइन् ।
चोटका कारण शारीरिक र मानसिक रूपमा कठिन समय गुजारे पनि समर्थकको मायाले पुनः उठ्ने साहस दिएको भन्दै साम्बाले अझ सशक्त रूपमा मैदानमा फर्कने अठोट दोहोर्याएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।