टी- २० विश्वकपको सुपर आठमा आज श्रीलंका र इङल्याण्डको भिडन्त

२०८२ फाल्गुण १० आइतवार
सारांश
  • जारी आईसीसी टी- २० विश्वकप २०२६ अन्तर्गत सुपर आठ अन्तर्गत आज श्रीलंका र इङल्याण्ड आमनेसामने हुँदैछन्

काठमाण्डौ, १० फाल्गुण । जारी आईसीसी टी- २० विश्वकप २०२६ अन्तर्गत सुपर आठ अन्तर्गत आज श्रीलंका र इङल्याण्ड आमनेसामने हुँदैछन् । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि हुदैछ ।

 

प्रतियोगिताको महत्वपूर्ण चरण भएकाले दुवै टोलीमाथि दबाब उच्च रहनेछ । हालैका खेलहरूमा इङल्याण्डको प्रदर्शन अस्थिर देखिएकाले यो खेलमा उनीहरूले अघिल्ला कमजोरी सुधार्दै बलियो पुनरागमन गर्ने लक्ष्य राखेका छन् ।

 

उता श्रीलंका भने उत्कृष्ट लयमा छ । लगातार दुई जित निकाल्दै आत्मविश्वास उच्च बनाएको टोलीले इङल्याण्डविरुद्ध पनि विजयी यात्रा कायम राख्ने योजनामा छ । यद्यपि, अनुभवी र सन्तुलित इंग्लिश टोलीलाई हराउनु सहज हुने छैन ।

 

श्रीलंका पछिल्ला खेलमा देखाएको प्रदर्शनकै आधारमा आत्मविश्वासका साथ मैदान उत्रिनेछ । शीर्षक्रमका ब्याटर राम्रो लयमा रहेकाले ठूलो योगफल खडा गर्ने लक्ष्य रहनेछ । पहिलो इनिङ्समा प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेमा बलियो बलिङ आक्रमणका कारण त्यसको रक्षा गर्न सहज हुनेछ ।

 

पाथुम निसान्काललले अष्ट्रेलियाविरुद्ध शतक प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन् र उनी टोलीका लागि प्रमुख हतियार हुनेछन् । दुश्मनथा चामीरा पावरप्लेमै आक्रमण सुरु गर्ने चामेराको सुरुवाती विकेटले खेलको दिशा बदल्न सक्छ ।

 

त्यसैगरी इङल्याण्डले ब्याटिङमा देखिएको कमजोरी सुधार्नुपर्ने देखिन्छ । यदि उनीहरूले पहिलो इनिङ्समै बलियो योगफल खडा गर्न सके, श्रीलंकालाई दबाबमा पार्न सक्नेछन् । स्पिन अनुकूल पिचमा उनीहरूको बलिङ संयोजन पनि महत्वपूर्ण हुनेछ ।

 

इङल्याण्डका लागि फिल साल्टको आक्रामक खेल्ने शैलीका कारण पावरप्लेमै तीव्र रन बनाउँदै खेलमा दबाब सिर्जना गर्न सक्छन् । त्यस्तै आदील रशिद मध्य ओभरमा विकेट लिन सक्ने हुनाले उनको भूमिका श्रीलंकाली ब्याटरलाई नियन्त्रणमा राख्न निर्णायक बन्न सक्छ ।

 

सुपर आठ चरणको यो प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पछिल्लो लयका आधारमा श्रीलंकालाई केही अग्रता देखिए पनि इङल्याण्ड जस्तो अनुभवी टोलीलाई कमजोर आँक्न सकिँदैन । दबाब, रणनीति र महत्वपूर्ण क्षणमा देखाइने प्रदर्शनले नै खेलको नतिजा निर्धारण गर्नेछ।

 

सम्भावित प्लेइङ–११

 

श्रीलंका: पाथुम निसान्का, कमिल मिशारा, कुसल मेन्डिस (विकेटकिपर), पवन रत्नायके, कमिन्दु मेन्डिस, दासुन शनाका (कप्तान), दुशन हेमन्था, दुनिथ वेल्लालागे, दुष्मन्था चामेरा, महीश थीक्षाना र मथेशा पथिराना।


इङल्याण्ड: फिल साल्ट, जोस बटलर (विकेटकिपर), जेकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक (कप्तान), साम करन, विल ज्याक्स, लियम डसन, जेमी ओभरटन, जोफ्रा आर्चर र  आदिल राशिद ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार