- इङल्याण्डले दिएको १४७ रनको लक्ष्य पछाएको श्रीलंकाले १६.४ ओभरमा अल आउट हुदै ९५ रन मात्र बनाएको हो ।
काठमाडौं: इङल्याण्डले श्रीलंकालाई पराजित गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठको अन्तर्गतको खेलमा इङल्याण्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो ।
इङल्याण्डले दिएको १४७ रनको लक्ष्य पछाएको श्रीलंकाले १६.४ ओभरमा अल आउट हुदै ९५ रन मात्र बनाएको हो ।
श्रीलंकाका लागि कप्तान दुशान शानकाले सर्बाधिक ३० रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर विल ज्याकले ३ विकेट लिए भने जोफ्रा आर्चर, लियाम डावसन र आदील रशिदले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विल ज्याकले २१, कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए । त्यसैगरी श्रीलंकाका बलर दुनिथ वेल्लालागे, दिलशान मदुशान्का र महीश थीकशानाले २-२ विकेट लिएका थिए भने दुषमनथा चामेराले एक विकेट लिएका थिए ।
अब सुपर आठ अन्तर्गत इङल्याण्डले अर्को खेल मंगलबार पाकिस्तानविरुद्ध खेल्ने छ भने श्रीलंकाले बुधबार न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’