- श्रीलंकाविरुद्ध १७९ रनको लक्ष्य पछ्याउँदै ऐतिहासिक जित निकालेपछि टोलीले विश्वकपमा आफ्नो प्रभावशाली यात्राको नयाँ अध्यायको शुरुवात गर्यो । आयरल्यान्डविरुद्धको खेल वर्षाले प्रभावित नभएको भए उनीहरू चारै खेल जित्ने अवस्थामा थिए ।
काठमाडौँ: जारी टी-२० विश्वकपको समूह चरणको अन्तिम खेल सकिँदा कोलम्बोको मैदान स्तब्ध थियो, तर जिम्बाब्वेको ड्रेसिङ कक्ष उत्साह र खुसीले भरिएको थियो ।
श्रीलंकाविरुद्ध १७९ रनको लक्ष्य पछ्याउँदै ऐतिहासिक जित निकालेपछि टोलीले विश्वकपमा आफ्नो प्रभावशाली यात्राको नयाँ अध्यायको शुरुवात गर्यो । आयरल्यान्डविरुद्धको खेल वर्षाले प्रभावित नभएको भए उनीहरू चारै खेल जित्ने अवस्थामा थिए ।
सहायक प्रशिक्षक डियोन इब्राहिमका लागि यो सफलता विगतको सुनौलो झल्को थियो । उनी सन् २००३ मा सुपर सिक्स पुगेको जिम्बाब्वेको टोलीका सदस्य थिए । त्यसयता भने जिम्बाब्वे क्रिकेट 'यदि त्यसो भएको भए' भन्ने अफसोसले भरिएको यात्रामा थियो । सन् २०२२ को टी-२० विश्वकपको उत्साहदेखि सन् २०२४ मा छनोट हुन नसक्ने निराशासम्म, टोलीले उतारचढावपूर्ण बाटो तय गरेको थियो ।
तर अहिलेको विश्वकप तालिकाले फरक कथा लेखिरहेको छ । समूह चरणबाट जिम्बाबेसहित भारत, दक्षिण अफ्रीका, वेस्ट इण्डिज, इङल्याण्ड, श्रीलंका, पाकिस्तान र न्यूजील्याण्ड सुपर आठमा पुगेका छन् । बलियो अस्ट्रेलिया र घरेलु समर्थकको साथ पाएको श्रीलंकासहितको समूहमा जिम्बाब्वेले प्रभुत्व जमायो । ओमानलाई सजिलै पराजित गरेको टोलीले अस्ट्रेलियाविरुद्ध आत्मविश्वासपूर्ण प्रदर्शन गर्यो भने श्रीलंकाविरुद्ध निर्णायक जित निकाल्यो ।
यस सफलताको जग केन्यामा भएको क्षेत्रीय छनोटबाट सुरु भएको थियो । रुवान्डा र तान्जानियाजस्ता टोलीविरुद्ध जित्दै सुरु भएको लय अहिले यस विश्वकप चक्रमा लगातार १३ जितसम्म पुगेको छ । इब्राहिम भन्छन्- 'पछिल्ला १८ महिनामा सधैं नतिजा हाम्रो पक्षमा आएनन्, तर साना पक्षमा निरन्तर सुधार भयो । अहिलेको सफलता त्यही दीर्घकालीन प्रयासको परिणाम हो ।'
टोलीको पुनर्जागरणमा तीन आधारस्तम्भ देखिएका छन्- विगत, वर्तमान र भविष्य । २२ वर्षीय ब्रायन बेनेट प्रतियोगिताका उदाउदा नायक बनेका छन् । तीनै इनिङ्समा अविजित रहँदै उनले ४८, ६४ र ६३ रन बनाए । बलिङतर्फ ब्लेसिङ मुजराबानी ९ विकेट लिदै समुह चरणसम्म सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।
टोलीका कप्तान सिकन्दर रजा, जसलाई '३९ वर्षीय युवा' भनेर मजाकमा सम्बोधन गरिन्छ, अनुभव र नेतृत्वको केन्द्रमा छन् । इब्राहिमले उनलाई 'विश्वस्तरीय प्रतिभा' को संज्ञा दिएका छन् । अर्का ब्याटर तडिवानाशे मरुमानी भारतमा हुने आगामी खेलप्रति उत्साहित देखिन्छन् ।
अब जिम्बाब्वे सुपर आठका लागि भारततर्फ अघि बढ्दैछ । कागजी रूपमा उनीहरू अझै पनि कमजोर दाबेदार मानिन्छन्, तर यही पहिचानलाई शक्ति बनाएर अघि बढ्ने तयारीमा टोली छ । कप्तान रजाको शब्दमा- 'हामी आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं, बाँकी परिणाम समयले तय गर्नेछ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।