- अस्ट्रेलिया र ओमान दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फरक पार्ने छैन ।
काठमाण्डौ, ०८ फाल्गुण । आज जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल हुँदैछ ।
आज समुह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुने छ ।
अस्ट्रेलिया र ओमान दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फरक पार्ने छैन ।
समुह बी बाट श्रीलंका र जिम्बाबे सुपर आठमा पुगिसकेका छन् भने आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिएका छन् । अस्ट्रेलियाले यसअघि श्रीलंका र जिम्बाबेसँग हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो भने ओमानले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
आज समुह चरणका सबै खेल सकिएपछि शनिबारदेखि सुपर आठका खेल हुने छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।