जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

७ फाल्गुन, २०८२, बिहिवार
सारांश
  • विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबले उज्बेकिस्तानको एभिए फुटबल क्लबलाई १- ० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पोखरा: जावलाखेल युथ क्लब २५औँ आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ ।

 

विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबले उज्बेकिस्तानको एभिए फुटबल क्लबलाई १- ० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

 

जावलाखेलको जितमा खेलको ५२औं मिनेटमा एभिएका खुसान जानीजानोभले गरेको आत्मघाती गोल खेलको निर्णायक गोल बनेको थियो ।  दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि एभिए क्लबले बराबरी गोल फर्काउन सकेन ।

 

यस जितसँगै जावलाखेलले उपाधि नजिक पुगेको छ। अब उपाधिका लागि जावलाखेलले सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

फाइनल खेल यही शनिबार फागुन ९ गते (२१ फेब्रुअरी) आयोजना हुने आयोजकले जनाएको छ । 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार