पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता
५ फाल्गुन, २०८२, मगलवार
- सार्वजनिक गरिएको उक्त अपिलमा इमरान खानले सन् १९९२ मा पाकिस्तानलाई विश्वकप जिताएर इतिहास रचेको स्मरण गरिएको छ । अपिलमा उनलाई विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर तथा प्रेरणादायी कप्तानका रूपमा उल्लेख गरिएको छ ।
काठमाडौँ: विश्वका विभिन्न देशका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तानका पूर्व कप्तान तथा पूर्व प्रधानमन्त्री इमरान खानको हिरासत अवस्था र स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त अपिल जारी गरेका छन् ।
सार्वजनिक गरिएको उक्त अपिलमा इमरान खानले सन् १९९२ मा पाकिस्तानलाई विश्वकप जिताएर इतिहास रचेको स्मरण गरिएको छ । अपिलमा उनलाई विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर तथा प्रेरणादायी कप्तानका रूपमा उल्लेख गरिएको छ ।
हिरासतमा रहँदा इमरान खानको स्वास्थ्य, विशेष गरी दृष्टिसम्बन्धी समस्या गम्भीर रूपमा बिग्रिएको खबरप्रति चिन्ता जनाउँदै पूर्व कप्तानहरूले पाकिस्तान सरकारसँग तत्काल विशेषज्ञ चिकित्सकबाट उपचारको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सम्मानजनक कारागार सुविधा दिन तथा निष्पक्ष र पारदर्शी कानुनी प्रक्रियाको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।
उक्त अपिलमा हस्ताक्षर गर्ने पूर्व कप्तानहरूमा माइकल एथर्टन, एलन बोर्डर, माइकल ब्रेयरली, ग्रेग च्यापल, इयान च्यापल, बेलिन्डा क्लार्क, सुनील गावस्कर, डेभिड गावर, किम ह्युजेस, नासेर हुसेन, क्लाइभ लोयड, कपिल देव, स्टेफेन वॉ र जोन राइट रहेका छन्।
अपिलमा क्रिकेटले राष्ट्रहरूबीच मित्रताको सेतुको काम गर्ने उल्लेख गर्दै खेल भावना, सम्मान र मानवियताको आधारमा इमरान खानप्रति गरिमापूर्ण व्यवहार गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।