जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

३ फाल्गुन, २०८२, आइतवार
सारांश
  • आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लबले चर्च ब्वायज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।

पोखरा: जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

 

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लबले चर्च ब्वायज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।  

 

जावलाखेलको जितमा धर्मेन्द्र कुँवर, निकोलस ओडाने हमिल्टान र सुजन गुरुङले एक एक गोल गरेका थिए ।  

 

यसअघि पहिलो क्वाटरफाइनलमा आयोजक सहारा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ ।

 

अब तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सिक्किमको ठण्डरबोट युनाइटेडबीच सोमबार हुने छ । त्यस्तै चौथो क्वाटरफाइनल खेल प्लानिङ ब्वायज युनाइटेड र उज्बेकिस्तानको एभिए फुटबल क्लबबीच मंगलबार हुने तालिका रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार