टी-२० विश्वकपमा आज तीन खेल हुँदै

२०८२ फाल्गुण ०१ शुक्रवार
सारांश
  • जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् ।

काठमाण्डौ, ०१ फाल्गुण । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् ।

 

आज पहिलो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र जिम्बाबेबीच खेल हुँदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ ।

 

जारी विश्वकपमा अस्ट्रेलिया र जिम्बाबे दुवैले आफ्नो पहिलो खेल जितेका छन् । सुपर आठको दौडमा दुवैका लागि यो खेलमा जित महत्वपूर्ण रहेको छ ।

 

त्यस्तै, आज दोस्रो खेल समुह डी अन्तर्गत क्यानडा र युएईबीच हुँदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा युएई र क्यानडा दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

 

त्यसैगरी आज तेस्रो खेल समुह ए अन्तर्गतको नेदरल्याण्डस र अमेरिकाबीच हुदै छ । भारतको चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा नेदरल्याण्डसले २ खेलमा २ अंक हासिल गरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार