- दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेका कारण आजको खेल उनीहरूका लागि पहिलो जित दर्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
काठमाडौँ: आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीको सामना गर्दैछ ।
मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा इटालीले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेका कारण आजको खेल उनीहरूका लागि पहिलो जित दर्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
आजको खेलमा नेपालको प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, ललित राजबंशी, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’