अस्ट्रेलियाको टी-२० विश्वकपमा विजयी शुरुवात, आयरल्याण्ड ६७ रनले पराजित
२८ माघ, २०८२, बुधवार
- अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १६.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो ।
काठमाडौँ: अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न यस विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १६.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो ।
आयरल्याण्डका लागि जर्ज डकवेलले सर्बाधिक ४१ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र नाथन इलिसले ४-४ किकेट लिएका थिए । यसअघि समुह बीको यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ४५ रन बनाए भने जोस इंगलिस र माट रेनशाले ३७-३७ रनको योगदान दिएका थिए । त्यस्तै क्यामरुन ग्रीनले २१ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्डका बलर मार्क अडैरले २ विकेट लिएका थिए ।
यो अस्ट्रेलियाको पहिलो जित हो भने आयरल्याण्डको लगातार दोस्रो हर हो । अस्ट्रेलियाले अब अर्को खेल आगामी शुक्रबार जिम्बाबेसँग खेल्ने तालिका छ भने आयरल्याण्डले आगामी शनिबार ओमानसँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’