यू-१९ महिला साफ च्याम्पियनसिप: नेपाल बाहिरियो, फाइनलमा बंगलादेश र भारत खेल्ने

२०८२ माघ २१ बुधवार
सारांश
  • बंगलादेश प्रतियोगितामा अपराजित रहदै फाइनलमा पुगेको छ भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको छ ।

पोखरा: नेपाल पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

 

योसँगै बंगलादेशले फाइनलमा भारतको सामना गर्ने भएको छ । बंगलादेश प्रतियोगितामा अपराजित रहदै फाइनलमा पुगेको छ भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको छ ।

 

यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

 

त्यस्तै नेपाल र भुटान भने बाहिरिएका छन् । भुटानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो भने नेपालले ३ मध्ये एक जित र २ हार बेहोरेको थियो ।

 

अब बंगलादेश र भारतबीचको फाइनल खेल आगामी शनिबार हुने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार