- नेपालसहित ७ देशले भाग लिने यस प्रतियोगिताको समुह ए मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका रहेको छ भने समुह बी मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन् ।
काठमाडौँ : आगामी मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्समा हुने साफ यू-२० फुटबल च्याम्पियनसिपको खेल तालिका सार्बजनिक भएको छ ।
नेपालसहित ७ देशले भाग लिने यस प्रतियोगिताको समुह ए मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका रहेको छ भने समुह बी मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल मार्च २३ मा नेपाल र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच हुने छ । त्यस्तै मार्च २४ मा पाकिस्तान र बंगलादेश खेल्ने छन् भने मार्च २५ मा श्रीलंका र नेपाल तथा भुटान र माल्दिभ्स खेल्ने छन् । त्यसैगरी मार्च २६ मा भारत र पाकिस्तान खेल्ने छन् । त्यस्तै मार्च २७ मा माल्दिभ्स र नेपाल तथा भुटान र श्रीलंका खेल्ने छन् भने मार्च २८ मा बंगलादेश र भारत खेल्ने तालिका छन् ।
त्यसपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल अप्रिल १ र फाइनल खेल अप्रिल ३ मा हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’