- सोमबार राति भएको अल नासरको खेलमा रोनाल्डो टिममा नभएपछि अनेक अड्कलबाजी शुरु भएको छ ।
काठमाण्डौ, २० माघ । क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा असन्तुष्ट भएको रिपोर्ट बाहिरिएको छ । सोमबार राति भएको अल नासरको खेलमा रोनाल्डो टिममा नभएपछि अनेक अड्कलबाजी शुरु भएको छ ।
केहि मिडिया रिपोर्टका अनुसार नयाँ खेलाडी भित्र्याउने बारे क्लब व्यवस्थापन र रोनाल्डोबीच विवाद भएपछि यस खेलमा उनी टिममा समावेश भएका छैनन् ।
अल नासरलाई साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फण्डले व्यवस्थापन गर्दछ । रोनाल्डो फण्डले अन्य क्लबको तुलनामा अल नासरलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्ट भएको बताइएको छ । रोनाल्डोले अझै खेलाडी भित्राएर लिगमा नतिजा ल्याउने गरि खेल्नुपर्ने दबाब दिएपछि व्यवस्थापन असन्तुष्ट भएको पोर्चुगलको 'अ बोला' मिडिया आउटलेटले उल्लेख गरेको छ । यसै कारणले रोनाल्डो आज हुने अल रियादविरुद्धको खेलमा टिममा सामेल नभएको बताइएको छ ।
त्यस्तै केहि मिडिया आउटलेटहरुले रोनाल्डो अमेरिका जान सक्ने बताएका छन् । फुटबलमा आफ्नो क्यारियरको अन्तिम चरणमा रहेका कारण रोनाल्डोले हलिवुडमा जान खोजिरहेको र त्यसका लागि अमेरिकन मेजर लिग सकरमा जानसक्ने विश्लेषण गरिएको छ । यस बर्ष अमेरिकामा विश्वकप फुटबल समेत हुन लागेकोले रोनाल्डो त्यसअघि नै अमेरिकन लिगमा जान सक्ने विश्लेषण गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
-
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
-
भोटेकोशीको जस्तो बाढी अहिलेसम्म देखिएको थिएन, यो साझा पीडा हो- ओली
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।