- फ्रान्सका राइट विंगर उस्मान डेम्बेलेका लागि साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।
काठमाण्डौ, १५ माघ । फ्रान्सका राइट विंगर उस्मान डेम्बेलेका लागि साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।
पिएसजीका डेम्बेलेलाई साउदी प्रो लिगमा आउनका लागि सय मिलियन युरोको प्रारिश्रमिक प्रस्ताव गरिएको रिपोर्टले सनसनी मच्चाएको छ । बेलुन डो अर विजेता डेम्बेलेको पीएसजीमा २०२८ को जुन ३० सम्म सम्झौता रहेको छ । उनी पीएसजीका महत्वपूर्ण खेलाडी भएपनि अहिले उनले पीएसजीमा परिश्रमिक बढाउन दबाब दिएको रिपोर्ट बाहिर आएको छ । पिएसजी र डेम्बेलेबीच पारिश्रमिक बढाउने र सम्झौता नवीकरण गर्ने छलफल नमिलेको खबर बाहिर आएपछि साउदी प्रो लिगले उनका लागि सय मिलियन युरोको प्रस्ताव गरेको रिपोर्ट गरिएको छ ।
यससँगै डेम्बेलेको आगमन पछि क्लबको इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग जितेको पीएसजीले उनलाई गुमाउन सक्ने सम्भावना बढेको बताइएको छ ।
२०२३ मा बार्सिलोनाबाट पीएसजी आएका डेम्बेलेले अहिलेसम्म ११५ खेल खेल्दै ४९ गोल गरेका छन् । उनले पिएसजीलाई २०२४-२५ को च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने उनले दुई सिजन लिग वान जिताएका छन् । त्यस्तै युइएफए सुपर कपको उपाधि सहित युइएफए इन्टरकन्टिनेन्टल कप समेत जिताएका छन् । त्यस्तै २०२५ मा भएको फिफा क्लब विश्वकपमा पिएसजी उपविजेता समेत बनेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।