श्रीलंका ए सँगको तेस्रो अभ्यास खेलमा नेपाल ७ विकेटले विजयी

२०८२ माघ १० शनिवार
सारांश
  • यस अघि पहिला ब्याटिंग गरेको श्रीलंका ए ले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो ।

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न अभ्यास खेलमा नेपालले श्रीलंका ए टिमलाई ७ विकेटले पराजित गरेको हो ।

 

श्रीलंका ए ले दिएको १३३ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले ४९ रन बनाए भने आरिफ सेखले अविजित २४ र दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १९ रन बनाएका थिए ।

 

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंका ए ले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो ।

 

नेपालले यस अघिका २ खेलमा लगातार हार बेहोरेर अन्तत: तेस्रो खेलमा जित हासिल गरेको छ ।

 

अब नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार