फुलह्यामसँग चेल्सी स्तब्ध

२०८२ पुष २४ गते विहीवार
सारांश
  • यस खेलमा खेलको २२औं मिनेटमा मार्क कुकूरेलाले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

काठमाण्डौ, २४ पुष । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन खेलमा फुलह्यामले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

 

फुलह्यामको जितमा राउल जीमेनेज र ह्यारी विल्सनले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल लियाम डेलापले गरेका थिए । यस खेलमा खेलको २२औं मिनेटमा मार्क कुकूरेलाले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

 

यो हारपछि चेल्सीको २१ खेलमा ३१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ । त्यस्तै फुलह्यामको पनि २१ खेलमा ३१ अंक भएको छ र नवौं स्थानमा उक्लिएको छ ।

 

त्यस्तै गएराती नै भएका खेलमा म्यानचेस्टर युनाईटेड बर्नलीसँग २-२ को बराबरीमा रोकिएको छ भने न्यूक्यासलले लिड्स युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै टोटनह्याम बोर्नमाउथसँग ३-२ ले पराजित भएको छ भने म्यानचेस्टर सिटी ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार