बंगलादेशी क्रिकेटरलाई आइपिएल खेल्न रोक, मुस्ताफिजुरलाई रिलिज गर्न कोलकोतालाई निर्देशन
२०८२ पुष १९ शनिवार
- बंगलादेश र भारतबीचको पछिल्लो विवादपछि बिसिसीआईले यस्तो निर्णय लिएको हो ।
काठमाडौँ : भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआइ) ले बंगलादेशका क्रिकेट खेलाडीलाई आइपीएलमा खेल नदिने भएको छ ।
बंगलादेश र भारतबीचको पछिल्लो विवादपछि बिसिसीआईले यस्तो निर्णय लिएको हो । बिसिसीआईका सचिव देवजित सैकियाले आइपिएल टिम कोलकाता नाइट राइडर्सलाई बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएका छन् ।
उनले हालैका घटनाक्रमहरू पछि, बोर्डले कोलकोतालाई बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आफ्नो टोलीबाट रिलिज गर्न निर्देशन दिएको जानकारी दिएका छन् । बोर्डले रहमानको स्थानमा प्रतिस्थापनको लागि अनुरोध गर्न सक्ने र बोर्डले त्यसको अनुमति दिने बताएका छन् ।
बंगलादेशमा हिन्दूहरुमाथि एक पछि अर्को आक्रमण भइरहेपछि भारतमा चर्को विरोध भइरहेको छ । केहि दिनदेखि बंगलादेशी खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गर्दै विरोध हुदै आएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’