एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फको फाइनलमा पुलिस र न्यु डायमण्ड भिड्ने

२०८२ पुष १८ शुक्रवार
सारांश
  • त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले चार सेटको खेलमा २५-१२, २९-३१, २५-१४ र २५-१८ को जित निकालेको थियो ।

काठमाडौं :जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब भिड्ने भएका छन् ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले चार सेटको खेलमा २५-१२, २९-३१, २५-१४ र २५-१८ को जित निकालेको थियो । 

 

यसअघि, शुक्रबारै बिहान भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल एपीएफ क्लबलाई २५-१७, २५-२० र २५-७ को सोझो ३-० को सेटमा जित हासिल गर्दै फाइनलमा पुगेको थियो । अब, पुलिस र डायमण्ड बीचको फाइनल खेल शनिबार दिउँसो १ बजे हुनेछ । 

 

प्रतियोगितामा पुरुषतर्फको फाइनल खेल पनि शनिबारै हुनेछ । यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरि कुल २० टोली सहभागी थिए। च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट गरिनेछ। ती टोलीले दशौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउने छन् ।

 

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जानकारी दिएको छ । त्यस्तै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार र विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार