एन्फाको साधारण सभा माघ २८ मा झापामा, कार्यसमितिको निर्वाचन पनि हुने
२०८२ पुष १६ बुधवार
- निर्वाचनको व्यवस्था बमोजिम कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरेको हो ।
काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन माघ २८ गते हुने भएको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा बुधबार बसेको बैठकले एन्फाको साधारण सभा आउदो माघ २८ गते झापामा सम्पन्न गर्ने र संघको विधानको धारा ३१ को 'त' को निर्वाचनको व्यवस्था बमोजिम कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरेको हो ।
एन्फाले आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षण गर्नको लागि आठवटा मध्येमा संघको लेखापरिक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसिएट्सलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’