राष्ट्रिय लिगको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने एन्फाको निर्णय
२०८२ मङ्सिर २५ विहीवार
- एन्फा महासचिव किरण राईको अध्यक्षतामा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर सम्मिलित छलफलमा प्रतियोगितामा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरूप १५ लाख प्रदान गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ :अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिगका लागि दर्ता भएका १७ क्लबहरूबीच आज दशरथ रङ्गशालामा राष्ट्रिय लिगसम्बन्धी छलफल सम्पन्न भएको छ ।
एन्फा महासचिव किरण राईको अध्यक्षतामा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर सम्मिलित छलफलमा प्रतियोगितामा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरूप १५ लाख प्रदान गर्ने निर्णय गरिएको छ ।
साथै, हेटौडामा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौँ उपत्यकाबाहिरका क्लबहरूलाई यातायात खर्च स्वरूप २ लाख र काठमाडौँ उपत्यका क्लबलाई १ लाख प्रदान गरिनेछ ।
राष्ट्रिय लिगको विजेताले नगद ५० लाख, उपविजेताले नगद २५ लाख तथा तृतीय स्थान हासिल गर्ने क्लबले नगद १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । क्लबहरूले खेलाडी दर्ता पुस १८ गतेभित्र सम्पन्न गर्नुपर्ने र प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति पनि बैठकमा भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।