काठमाडौँलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको दोस्रो क्वालिफायरमा
२०८२ मङ्सिर २४ बुधवार
- यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.१ ओभरमा अल आउट हुदै १११ रन मात्र बनाएको थियो ।
काठमाडौँ: लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।
काठमाडौँ गोर्खाजले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ३३ रन बनाए भने सन्दीप जोराले २३ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । त्यस्तै निरोशान डिकवेलाले १४ रन बनाएका थिए ।
त्यसैगरी काठमाडौँका बलर सन्तोष यादवले २ विकेट लिए भने करण केसी, सन्नी पटेल, शाहाब आलम र राशिद खानले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.१ ओभरमा अल आउट हुदै १११ रन मात्र बनाएको थियो ।
काठमाडौँका लागि सन्तोष यादवले सर्बाधिक २३ रन बनाएका थिए भने जोन सिम्पसन र मोहमद आदील आलमले १८-१८ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले १४ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यानले २ र अभिषेश गौतमले एक विकेट लिएका थिए ।
योसँगै इलिमिनेटरको विजेता लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने भएको छ भने पराजित हुने टिम काठमाडौँ गोर्खाजको यस सिजनको एनपीएल यात्रा समाप्त भएको छ । अब लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोली खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।