- एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल दिउसो ४ बजेदेखि शुरु हुँदैछ ।
काठमाण्डौ, २४ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ । एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल दिउसो ४ बजेदेखि शुरु हुँदैछ ।
इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।
समुह चरणमा भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो । त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।
लुम्बिनीबाट कप्तान रोहित पौडेलले सर्बाधिक २०८ रन बनाएका छन् भने डिआर्ची शर्टले १६४ रन बनाएका छन् । त्यस्तै दिलिपनाथले ११३ र सन्दीप जोराले ९२ रन बनाएका छन् । त्यसैगरी काठमाडौँका बेन चार्लेजवोर्थले सर्बाधिक १९७ रन बनाएका छन् भने जोन सिम्प्सनले १५४, आकास त्रिपाठीले ११७ र मिलिंद कुमारले ११३ रन बनाएका छन् ।
अर्कोतर्फ लुम्बिनीबाट बलर शेर मल्लले सर्बाधिक १० विकेट लिएका छन् भने रुबेन ट्रम्पेलम्यानले ८ विकेट लिएका छन् । त्यस्तै काठमाडौँबाट बलर शाहाब आलम र करण केसीले सर्बाधिक १२- १२ विकेट लिएका छन् भने मिलिन्द कुमारले १० विकेट लिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।