जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित, अंकतालिकाको पुछारमा रह्यो जनकपुर

२०८२ मङ्सिर २१ आइतवार
सारांश
  • कर्णालीका लागि विलियम बोसिस्टोले दुई विकेट लिँदा मार्क वाट, पवन सर्राफ र कप्तान सोमपाल कामीले एक–एक विकेट लिए ।

काठमाडौं: जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ । 


कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हराएको हो ।
कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो । 
२९ रन जोड्दा ४ विकेट गुमाएको जनकपुरलाई संजय कृष्णमूर्तिले अर्धशतक पारी खेले । उनले ३९ बलमा १ चौका र ४ छक्कासहित ५१ रन जोडे । 


ओपनर माज सदाकतले १२ रन बनाउँदा अर्का ओपनर आसिफ शेख र अनिल साह डकआउट हुन पुगे । मयन यादवले ९ रन बनाउँदा जान निकोल लोफ्टी–इटनले रन जोडे । तर, अन्तिम ओभरमा १४ रन बनाउन नसक्दा जनकपुरले जित हासिल गर्न सकेन । 


कर्णालीका लागि विलियम बोसिस्टोले दुई विकेट लिँदा मार्क वाट, पवन सर्राफ र कप्तान सोमपाल कामीले एक–एक विकेट लिए । 


यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । 
कर्णालीका लागि ओपनर इमरान शेखले ३३ रन बनाउँदा गुल्शन झाको नाममा १९ रन रह्यो । 


अर्का ओपनर मार्क वाट ४ रनमै आउट हुँदा प्रियाङ्क पान्चालले १६ रन जोडे । विलियक बोसिस्टोले १५ रन बनाउँदा नजिबुल्लाह जद्रान १३ रनमा आउट भए । कप्तान सोमपाल कामीले १८ रन जोडे ।


जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिँदा अनिल साह, माज सदाकत र संगिथ कुरेले एक–एक विकेट लिए ।  


यससँगै पहिलो सिजनको विजेता रहेको जनकपुरले अंक तालिकाको पुछारमा रहँदै सिजनको अन्त्य गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार