- पोखराका बलर धनन्जय लक्शामले ३ विकेट लिएका थिए ।
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले चितवन राइनोजलाइ पराजित गरेको छ ।
शनिबार सम्पन्न दोस्रो खेलमा पोखराले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो । चितवनले दिएको १२१ रनको लक्ष्य पछाएको पोखराले १९.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
पोखराको जितमा एडम रोसिंगटनले सर्बाधिक ६५ रन बनाए भने अर्जुन कुमालले अविजित ४३ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्बाधिक ३५ रन बनाए भने अल्पेस रायमाझीले ३३, कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन बनाएका छन् ।
त्यस्तै पोखराका बलर धनन्जय लक्शामले ३ विकेट लिएका थिए ।
यो जितपछि पोखराले यस सिजनमा ७ खेलमा ३ जित र ३ हारसँगै पाँचौं स्थानमा रहेको यस सिजनको अन्त्य गरेको छ । त्यस्तै चितवनले ७ खेलमा २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । दुवै टिम प्लेअफमा पुग्न असफल भएकाले दुवैको यस सिजनको एनपीएलको यात्रा समाप्त भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’